विराटनगर,३ जेठ ।
१,विराटनगर १ को वडाअध्यक्षमा काजिबहादुर बस्नेत विजयी (एमाले)
२,विराटनगर २ को वडाअध्यक्षमा पुनः कुमार पोखरेल निर्वाचित (एमाले)
३,विराटनगर १६ को वडाअध्यक्षमा उद्धब भूजेल निर्वाचित (नेपाली काँग्रेस)
४,विराटनगर १७ को वडाअध्यक्षमा समिम कमर विजयी (जसपा)
५विराटनगर १८ को वडाअध्यक्षमा जितेन्द्र कुमार साह विजयी (लालटिन छाप स्वतन्त्र )
६, विराटनगर १९ को वडाध्यक्षमा श्याम घिमिरे विजयी (एमाले)
मंगलबार विहान सार्वजानिक भएको मत परिणाम अनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका काजिबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत पाएका छन् ।
यसैगरि विराटनगर २ नं. वडाको वडाअध्यक्षमा पुनः एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनले राप्रपाका उम्मेदवार पवन कुमार सुरनालाई पराजित गरेका हुन् । पोखरेलले १३३४ मत ल्याएर विजयी हुदा सुरनाले १२८३ मत पाए ।
विराटनगर १६ नं वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार महर्जनले ६८५ मत ल्याएका छन् ।
विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर विजयी भएका छन् । जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए ।
विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् । ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् । जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । जसपाका उम्मेदवार दिनेश कुमार यादबलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन् । निकटतम प्रतिस्पर्धी यादवले ६३८ मत ल्याएका छन् ।
विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत पाए ।