विराटनगर,२ जेठ ।
विराटनगर महानगरपालिका वडा नं १९ बाट नेकपा एमालेले खाता खोलेको छ । विराटनगर–१९ मा नेकपा एमालेका उमेदवार श्याम घिमिरेको प्यानल नै विजयी भएको हो । घिमिरेले ९८७ मत ल्याएर विजयी भएका हुन् ।
स्थानीय तह निर्वाचनमा २०७४ मा नेपाली काँग्रेस निर्वाचत भएको वडामा यस पटक एमाले जतेको हो । नेपाली काँग्रेसका उदय राजबंशीले ८९९ मत प्राप्त गरेका छन् । उनलाई घिमिरेले ८८ मतअन्तरले पराजित गरेका हुन् । प्यानलनै एमालेले जितेको वडामा निजनारायण राजबंशी, लक्ष्मण सरदार, महिला सदस्य लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुश्बु विश्वकर्मा विजयी भएका छन् ।