विराटनगर,१ जेठ ।
शनिबार राति मध्यरातबाट लागु हुनेगरी सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश पाण्डेय नेतृत्वको नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक लिटरमा १० रुपैयाँले बढाउने निर्णय गरेको हो । मूल्य वृद्धि सगै ढुवानी र यात्रुभाडा लगायतका अन्य लागत भाडा महँगीने छ । यसको चौतर्फी विरोध हुन थालेको छ ।