काठमाडौं,३० बैशाख ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन एक हप्तासम्म लाग्ने बताएका छन् ।
स्थानीय तहको ७ सय ५२ पालिकामा आज मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुँदैछ । प्रवक्ता शर्माले स्वतस्फूर्त रुपमा मतदान भइरहेकोसमेत उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचन देशैभर एकैदिन भएको हो । शर्माले मतदान सम्पन्न भएको दुई घण्टापछि नै सर्वदलीय सहमतिका आधारमा मतगणना हुन थाल्ने बताए ।