Birat Post बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,२९ बैशाख ।

परराष्ट्र मन्त्रालयले मे १६ अर्थात् जेठ २ गते बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने जानकारी दिएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको बिहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । मोदीको भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने समेत परराष्ट्र मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सो क्रममा नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्ने भएका छन् । भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक बन्धनलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने समेत परराष्ट्र मन्त्रालयले बताएको छ । भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल