Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, २७ बैशाख ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन चिकित्सक तथा स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने जानकारी दिएको छ ।
केही सवारी साधनहरुका लागि भने सवारी पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको हाे । आयोगकाे सूचना अनुसार  निर्वाचन सम्वन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानी ट्यांकर, दुध बोक्ने गाडी, दमकल, दुरसञ्चार तथा केवल सेवाका गाडीहरुका लागि सवारी पास आवश्यक नहुने बताएको छ ।
यस्तै शववहान, अस्पतालका स्वास्थ्यकर्मीको आवागमन लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला बोक्ने गाडी, तरकारी ताथ फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा, नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक नियोगका साधनले पनि पास लिनु नपर्ने बताएको छ ।
आगामी ३० बैशाखका दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । सञ्चारकर्मी तथा पर्यवेक्षकहरुलाई विशेष पास दिएर सवारी साधन चलाउन अनुमति दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल