Birat Post सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ बैशाख ।

नेपाल मारवाडी ब्राह्मण समाजले विराटनगर भगवान श्री परशुरामको जन्मोत्सव वैशाख २० गते मंगलबार भव्य रुपमा मनाउने भएको छ । प्रभातफेरी, पूजाआजा, विशेष भेटघाटका साथै सांस्कृतिक कार्यक्रम सहित जन्मोत्सव भव्य हुने समाजका अध्यक्ष सुशीलकुमार जोशीले बताए । विभिन्न क्षेत्रका प्रतिभाशाली तथा ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिने छ । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समाजसेवी सुरेश शर्मा रहने बताएको छ ।
कार्यक्रमलाई सफल बनाउन नेपाल मारवाडी ब्राह्मण युवा मञ्चका अध्यक्ष कैलाश शर्मा र कार्यकारिणी टोली तथा नेपाल मारवाडी ब्राह्मण महिला मञ्चकी अध्यक्ष अनितादेवी मिश्रले संयोजन गर्ने छन् ।

परशुराम बारे तथ्य

अष्टचिरञ्जीवी मध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् । ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ ।

पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गरेका थिए ।

क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल