विराटनगर,१८ बैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुवात गरेका छन्। विराटनगर वडा नंं ४ नेपाली कांग्रेसबाट वडाध्यक्ष्यको उमेदवार बनेका सन्जय मण्डल चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् ।
वडा सदस्यहरु बलकराम चौधरी,दुर्गादेवी रिजाल,ज्योतीकुमार गिरी र सोनावती ऋषिदेव लगायतका उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका छन् । वडाध्यक्षका उमेदवार मण्डलले आफु विजयी भए संगै स्मार्ट वडाको संकल्पका साथ समग्र विकासमा जुट्ने बताए ।