Birat Post शनिबार, माघ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ ।

मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन पहल कदमी गरिरहेको मोरङ व्यापार संघले थप कार्य गरेको छ । यसै विषयलाई लिएर भारतीय मन्त्रीले आमन्त्रण गरी विहारको राजधानी पटनामा भेटघाट समेत गरेका छन् ।

भारतका विभिन्न अधिकारीहरू समक्ष समस्या निराकरणका लागि पहल गरिरहेका अध्यक्ष नवीन रिजालसहितको टोलीलाई भारतको विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री माननीय आलोक रञ्जनले समस्याबारे जानकारी लिन पटना आमन्त्रण गरेका थिए ।

आमन्त्रण स्वीकार्दै अध्यक्ष रिजालको नेतृत्वमा एक टोली आज पटना गएर विहारका मन्त्री समक्ष मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्यमी–व्यवसायीको प्रमुख समस्याको रूपमा रहेको क्षतिग्रस्त मीरगञ्ज पुलबारे अवगत गराउँदै समस्याहरू शीघ्र निराकरणका लागि भारतका सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरी संघको सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।

संघको अध्यक्ष रिजालसहित सचिव संजय श्रेष्ठ, कार्यकारिणी सदस्यहरु मनिष मारु र गोपाल अग्रवाल तथा विराटनगरका समाजसेवी पवन सुरानासहितको टोलीले पटनामा मन्त्रीसहित विहार सरकारका अन्य अधिकारीलाई समेत भेटघाट गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल