विराटनगर,१९ पुस ।
विराटनगर स्थित बरगाछीमा रहेको राधारमण मन्दिरले नयाँ कार्य समिति पाएको छ । शंकर प्रसाद रेग्मी मन्दिरको अध्यक्षमा चयन भएका छन् । रेग्मीको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा रबिन्द्र प्रसाद आचार्य,सचिव चैतन्य कुमार सापकोटा,कोषाध्यक्ष प्रेम प्रसाद घिमिरे,सहसचिव केदारनाथ ढकाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा ऋषिराम भट्टराई,चक्रपाणि नेपाल,द्वारिका प्रसाद पोखरेल,वासुदेव भण्डारी,मन्जु भट्टराई,शुसिल पौडेल,जयेन्द्र प्रसाद रेग्मी,पं भवानी शंकर निरौला चयन भएका छन् । सोमवार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ । धर्म,संस्कृति संरक्षणमा जुट्नुपर्नेमा अधिकांश बक्ताहरुले जोड दिएका छन् । कार्यक्रममा समाजसेवी तथा प्राज्ञ दधिराज सुवेदी,लक्ष्मिनारायण मन्दिर पिपलचोकका धर्मिक गुरु रामानुज स्वामी ,मन्दिरका अध्यक्ष शंकर रेग्मी,धार्मिक युवा अभियन्ता अनन्त पराजुली ,धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।