Birat Post शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ९ पुस ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई लक्षित गरी स्थानीय तहका कर्मचारीको सरुवा स्थगन गरेको छ ।मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि पुनः उपयुक्त समयमा अन्तरस्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो ।

संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलगायत कर्मचारीको सरुवा भने नरोकिएको उनले बताए । मन्त्रालयले जारी गरेको सूचनामा लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीलाई कामकाजमा खटाउनेसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीलाई कामकाजमा खटाउँदै आएको थियो । ०७६ मा संघीय लोकसेवा आयोगको परीक्षा पास गरी ९ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोकसेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोकसेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसरी सिफारिस भएका कर्मचारीलाई पारिवारिक समस्या र अपायक परेकोलगायत कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिँदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीको अन्तरस्थानीय तहमा सरुवा गरिएको थियो ।

त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक २ दर्जन हाराहारी निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको थियो । स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तरस्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीले बताए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल