विराटनगर,१४ विहिबार ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा स्थापित स्वचालित मौसम स्टेशनले गिनिज वर्ल्ड रेकर्डको मान्यता पाएको छ। रोलेक्ससँगको सहकार्यमा नेशनल जिओग्राफीका वैज्ञानिकसहितको आरोहण टोलीले सगरमाथाको ८ हजार ४३० मिटरको उचाइमा स्थापना गरेको बाल्कोनी स्टेशनले विश्वकै अग्लो स्थानमा रहेको मौसम स्टेशनको मान्यता पाएको हो।
जलवायु वैज्ञानिकहरु टम म्याथ्युज र काकर पेरीसहितको टोलीले सन् २०१९ को मेमा सो स्टेशन स्थापना गरेका थिए । त्यहाँको मौसमी अवस्था परिवर्तनबारे अध्ययनका लागि यी मौसम स्टेशनहरु महत्वपूर्ण रहने जनाइएको छ।