Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ भदौं । प्याब्सन नगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा बिहीबार साझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शिव अधिकारीले २४ मात्र तम प्राप्त गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधी उपस्थित भएका थिएन् । निर्वाचनमा जम्मा ५५ मत खसेको थियो ।

समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिबमा अशोक लामा, सह–सचिब हिरा थापा, कोषाध्यक्षमा नन्द्धलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । यसैगरि सदस्यहरूमा यादव प्रधान, चिरनजिवी तिम्सिना, देवीलाल महतो, सिमा अग्रवाल, दिनेश ढुंङगाना रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल