Birat Post मंगलबार, भाद्र २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २९ भदौ ।
मोरङको बुढीगंगा गाँउपालिकामा ५७ औँ राष्ट्रिय बालदिवसका अवसरमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाँउपालिकाको एक दिने जिम्मेवारी प्रदान गरिएको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालका अनुसार बालदिवसका अवसरमा गाँउपालिकाको कामकारवाहीबारे जानकारी दिलाउने उद्धेश्यसहित सुस्मितालाई एकदिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको जानकारी दिए ।
प्रशासकीय अधिकृत बरालका अनुसार मंगलबार सुस्मिताको अध्यक्षमा महत्वपूर्ण तीनवटा निर्णय समेत गरिएको छ । बैठकले बालबालिकाको नेतृत्व विकासका लागि ५० हजार रुपैयाँको बजेट थप गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकामा निर्माण हुने हरेक भौतिक पूर्वाधार बालमैत्री बनाउने र बालविवाह न्यूनीकरणका लागि अभियान चलाउने निर्णय गरेको बरालले जानकारी दिए । बालबालिकाले स्थानीय तहलाई कसरी लिएका छन् र कसरी बुझेकाछन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बरालले जानकारी दिए ।
अध्यक्ष बनेकी सुस्मिताले मंगलबार आर्थिक र प्रशासनिक बाहेकका सम्पूर्ण कार्यको निरीक्षण तथा अनुगमन गरेकी छन् । यसक्रममा सुस्मिताले स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति लिन पाएको बताएकी छन् ।
यसअघि, गाउँपालिकाले सुस्मितालाई अध्यक्षको जिम्मेवारीको प्रमाणपत्रसहित अध्यक्षको पदभार ग्रहण गराएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल