काठमाडौँ, २८ भदौ ।
नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको संसद चलायमान बनाउन सोमबार (आज) सर्वदलीय बैठक बस्दै छ । एमाले सांसदहरूले अवरोध गर्दै आएको सदनलाई निकास दिन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
छलफलमा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, प्रतिपक्षी नेकपा एमाले नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अधयक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बोलाइएको छ । यद्यपी प्रमुख प्रतिपक्षिदल एमालेका अध्यक्ष केपी ओली बैठकमा नजाने बुझिएको छ ।