विराटनगर,२८भदौ । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताएका छन् ।
मोरङको लेटाङ नगरपालिकामा रहेको राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आइतबार अवलोकन गर्दै विभिन्न प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेशको पहिचानको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
अवलोकन कार्यक्रममा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे,लेटाङ नगरपालिकाका प्रमुख शंकर राई,उपप्रमुख कृष्णकुमारी पोखरेल, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्वु लगायतको सहभागीता रहेको थियो । स्थानीय नेताहरूले प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएर विकास गर्नुपर्ने बताएका थिए ।