Birat Post आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ भदौं ।
नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ । आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको जनाइएको छ । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन ।

पेश भएका आवदेनमध्ये एग्री विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट दश आईडियाहरु सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् । एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तिय सहयोग पाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की रीमा श्रेष्ठले जानकारी दिइन् ।

उनले यो कार्यक्रमको लक्ष्य मकै, अलैची, डेरी र तरकारीहरु ( चार क्षेत्रहरुमा कृषि व्यापार उत्पादनहरु वा सेवाहरु को मूल्य, सेवाहरु र प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने बताइन् । पूर्वाञ्चल विश्वविद्यालयका उप डीन सोनीला शाक्यले पोखरा विश्वविद्यालयमा इन्क्युबेसन सेन्टरको सुरुवात तथा प्रदेश १ मा एग्रि विजनेस इन्क्युबेसन प्रोग्रामको आवश्यकता बारे आफ्ना धारणा राखेकी थिइन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले एग्री बिजनेस इन्क्युबेसन प्रोग्राममा मोरङ व्यापार संघको संलग्नता र सहयोग रहेको बताएका थिए ।

भूमि व्यवस्थापन, एग्रिकल्चर तथा सहकारी मन्त्रालयका पशुपति पोखरेलले प्रदेश एकमा कृषि आधारित इन्क्युबेसन सेन्टरको आवश्यकता रहेको बताए । प्रदेश १ को उद्यमी पारिस्थितिकी तंत्र निर्माण गर्न खोजिरहेको बताउदै उनले त्यसलाई बढावा दिनको लागी, साझेदार संगठनहरुबाट सबै प्रतिनिधि संस्थाहरु क्षमता विकास कार्यक्रममा समावेश हुने बताए । सात बर्ष देखि विभिन्न स्टार्टअप र व्यवसायहरु संग नजिक बाट काम गरी रहेको आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल