काठमान्डौं,२३ भदौ ।
अमेरिकी मिलेनियम च्यालेन्ज परियोजना (एमसिसि) को विरुद्ध युवाहरु आन्दोलित हुने भएका छन् । उनीहरुले १ हजार कालो भेष्ट सहित युवाहरु उत्रने र यसमा सहभागिता जनाउन समेत आव्हान गरेका छन् । जेह्री ताम्राकारले फेसवुकमा लेखेका छन् ”एक हजार टिशर्ट र एक हजार युवा सहित आन्दोलनको नयाँ स्वरुपको योजना र तयारि आधि रातमा पुरा भएको छ।
संसद सुचारु हुने दिन बुधबार हजारौँ युवाहरुको र्यालि र मार्चपास माइतिघर देखि सँसद भवन सम्म हुनेछ्। एमसिसि खारेजि गराउने अन्दोलनमा सहभागी हुन हामि युवा र नागरिकलाई आव्हान गर्दछौँ। २३ गते दिउँसो २ बजे हरेक युवा माइतिघर मन्डलामा उपस्थित जनाउँ, एमसिसि खारेजिको आन्दोलनमा सहभागिता जनाऔँ।,, एमसिसिको विरुद्ध देशनै आन्दोलित भइरहदा सरकार भने एमसिसि पास गर्ने पक्षमा लडिरहेको छ ।