विराटनगर,२२ भदौं ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउँदैछन् । विधिपूर्वक ब्राह्मणद्वारा मन्त्रोच्चारण गरी काटेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्ने चलन छ ।
आजका काटिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । यस दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने चलन छ । बुबा हुनेहरुले मिठा मिठा खानेकुरा खुवाउने र नहुनेहरुले बुवालाई सम्झिने गर्दछन् ।