विराटनगर,२१ भदौ ।
समाजसेवी बंशीधर अग्रवालले आदर्श माध्यमिक विद्यालयमा शुद्ध चिसो पिउने पानी कक्षको स्थापना गरेका छन् । विद्यालयका विद्यार्थी र शिक्षकलाई सुद्ध खानेपानि खुवाउने उदेश्यका साथ पानि चिसो गर्ने मेसिन,ट्यांकी, फिल्टर र धाराहरु जडान गरिदिएका छन् । यस्तै अपाङता भएका विद्यार्थीहरुका लागि सहज हुनेगरी छुट्टै धारा निर्माण गरिएको छ । अग्रवाल उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले खानेपानी कक्षको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक मन भएका दाताहरुले गरेको सामाजिक कार्यको प्रसंशा गरेका थिए । बशिधर अग्रवालका छोराहरु देवकीनन्दन अग्रवाल,सतिस कुमार अग्रवाल र अनिल अग्रवालले पिउनेपानि कक्षको संरक्षमा सकेको सहयोग गरी रहने घोषणा गरेका थिए । श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मधुवावु तिवारी, स्कुलका प्राध्यानाध्यापक विष्णु लामिछाने,निवर्तमान प्राध्यानाध्यापक तुलसीप्रसाद दुलाल लगायतको आफ्ना धारणा राखेका थिए ।