काठमान्डौ, १७ भदौ ।
नेपाली कांग्रेकी नेतृ सुजाता कोइरालाले पार्टी कार्यकर्ताको भावना समेत सम्बोधन गर्दै कांग्रेसलाई चलायमान बनाउनुपर्ने बताएकी छन् । नेतृत्वले आफ्नो मात्र चिन्ता ब्यक्त गर्ने भन्दा कार्यकर्ताको पनि संबोधनमा उत्तिकै समय खर्चिनुपर्ने बताइन् ।
नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन पछि सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले आउन लागेको कांग्रेसको चुनावमा समान सहभागिता र सहमतिको अधितम वातावरण बनाउन आबश्यक रहेको औल्याइन् । आगामी १४औं महाधिवेशनमा आफ्नो उमेद्वारी रहने नेतृ कोइरालाले बताइन् । उनले पार्टी भित्र लचकता र सहमतिमा नै आफ्नो उम्मेदवारी आउने दाबी गरिन् ।