भदौ, १२ विराटनगर ।
कोभिडका कारण केही समय यता प्रभावित बनेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन हुने भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर केहीदिन भित्रै परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ । परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ । तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने र एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने बताइएको छ ।