भदौ ११, विराटनगर ।
विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो ।
“मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ, विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ”, र शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।