Birat Post बिहिबार, भाद्र १०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर, १० भदौ

प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री बनेका छन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य सो प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्त हुनुअघि संसदीय दलको नेता बनाएको थियो । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५२ सांसद छन् । संसदीय दलको बैठकमा नै उनलाई राईले दलको नेता र मुख्यमन्त्री प्रस्ताव गरेका थिए । बैठकमा ३० जना प्रदेश सभा सदस्य सहभागी भएको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयल प्रदेश १ ले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आचार्य नयाँ मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका हुन् ।

यसअघि आचार्य नेता माधवकुमार नेपालद समूहमा थिए । नेपाल समूहले यसअघि उनलाई सो प्रदेशमा मुख्यमन्त्री प्रस्ताव गरेको थियो । त्यसबखत राई बिरुद्ध उनकै नेतृत्वमा प्रदेश १ संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

तर हाल भने आचार्य नेता नेपालको साथ छाडेर ओली समुहमा नै आएका छन् । नेता नेपालले भने एमालेबाट विभाजित भएर नेकपा ९एकीकृत समाजवादी०पार्टी दर्ता गराइसकेका छन् ।सो दल दर्ता र दल विभाजनको सुचना प्रदेशसभा सचिवालयमा पुगेको छैन ।

सो सुचना त्यहाँ पुग्दा भने आचार्यलाई पद जोगाउन सहज हुने छैन । उनले ३० दिन भित्र संविधान अनुसार विश्वासको मत लिनु पर्ने हुन्छ । संविधानको धारा १८८९२० मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा विश्वासको मत लिनु पर्ने प्रावधान छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल