भदौ, १० विराटनगर ।
अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ । यसअघि बेलायतले पनि यस्तै प्रकारको अलर्ट जारी गर्दै मानिसहरुलाई सुरक्षित स्थानमा जान र थप सूचनाको प्रतीक्षा गर्न भनेका थिए ।
बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ ।