विराटनगर,४ भदौ ।
एजेन्सीको सहयोगमा
तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की दिदै आएको पनि खुलासा गरेको छ ।
तालिबानले आफ्ना नागरिकमाथी कुनैखालका बदला नलिने बताए पनि उसको पछिल्लो गतिविधिमा आशंका गर्ने धेरै ठाउँ देखिएको छ । त्यहाँ विशेषत महिलाहरु अत्यन्तै असहज परिस्थीतिको सामना गरिरहेको समेत खुलासा भएको छ ।