काठमाडौँ, २९ असार ।
प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने छ।
सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन्। उनले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ। तर कांग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन। देउवा निवासमा हुने बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ।