बिराटनगर ,२२ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु लाई डस्टविन बितरण गरिएको छ । वातावरणका वारेमा जनस्तरमा गएर यसको ब्यवहारत लागु गराउन सबैको योगदान अनिवार्य रहने मेयर भीम पराजुलीले बताए । विद्यमान काेराेना संक्रमणका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको तर महानगरभित्र वातावरणका क्षेत्रमा कार्य भइरहेको मेयर पराजुलीकाे भनाइ थियाे । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत ,वडाध्यक्ष देवेन्द्र पाेखरेल ,निश्चल अर्याल , वातावरण साखा प्रमुख अनिता काेइराला लगायतको सहभागीता रहेको थियाे ।