विराटनगर,१३ बैशाख ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार प्रदेश २ धनुषा ८ का ४८ वर्षीय पुरुषको सोमबार बिहान करिब ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो।
सह–प्रवक्ता पोखरेलले मृतक पुरुषमा वैशाख १० गते कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिए।
उच्च रक्तचापका विरामी पुरुषलाई कोरोना संक्रमण पुष्टि हुनुपूर्व वैशाख ९ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।