मोरङ,९ बैशाख ।
मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी निधन भएको छ । आज बिहान घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टरमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।