Birat Post मंगलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

सिक्किम,८ बैशख ।
कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषीमाँझ ‘टिलो’ सार्वजनिक भएको हो । विमोचनमा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतले साथ दिएका थिए ।

न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथासङ्ग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन् । ‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो । पुस्तकको आवरण चर्चित कलाकार विक्रम श्रिले तयार गरेका हुन भने भाषा सम्पादन चूणामणि नेपाल अकिञ्चनले गरेका छन् । कथासङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र, प्रस्तुति निकै रोचक रहेको समिक्षकहरूले बताएका छन् ।

कार्यक्रममा खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफुले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए । कार्यक्रममा सिक्किम प्रजातान्त्रि मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको उल्लेख गरे । उनले कृतिको बिक्रीबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने बताए । अध्यक्ष चामलिङले संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए । ‘मैले संसारमा कुनै पनि कुनामा रहेका नेपालीहरू एक भएर नेपाली भाषाको उत्थानका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन नै गर्नुपर्छ भनेर भनेको छु’ चामलिङले भने ।

‘कथाकार खरेलसित मेरो पहिलेकै चिनजान हो र, उहाँले मलाई धेरैपटक विराटनगरका लागि निम्तो गरे पनि आउन सकेको छैन’ चामलिङले भने, ‘गत बर्ष आउँछु भनेर कार्यक्रम बनाए तर, कोरोना लकडाउनपछि जान सकिनँ, चाँडै अवसर मिलाएर म विराटनगर जानेछु, विराटनगरको धेरै बखान मैले सुनेको छु ।’ ‘टिलो’ कथासङ्ग्रहको यो पहिलो विमोचन हो र, दोस्रो विमोचन विराटनगरमा हुनेछ । तेस्रो विमोचनको कार्यक्रम काठमाडौंमा राखिने न्यू सृष्टि दैनिकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल