विराटनगर ३० चैत्र । कोरोना संक्रमणका कारण विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनी परिवारका ४ सदस्य सहित चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगर रोगी समेत रहेका वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रले जनाएको छ ।