काठमाडौँ १८ चैत्र । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो। तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय सुनको मुल्य घट्दो देखिएको छ ।