काठमाडौँ ४ चैत्र ।
नेकपा एकालेका नेता माधवकुमार नेपालले केपी ओलीले पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता धव्स्त गरेको र
गुटको राजनीतिलाई निरन्तरता दिएको बताएका छन् ।
बुधवारबाट काठमाडौंमा शुरु आफू पक्षीय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ओलीले आफुहरुमाथी अन्याय गरेको र पेलेर जाने नीति अख्तियार गरेको बताए । ओलीले पार्टी भित्र चरम गुटबन्दी गरेका कारण यो अवस्था आएको भन्दै नेपालले रोष प्रकट गरे ।
यस्तै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको र चरम गुटबन्दी गरेको आरोप लगाएका छन् । खनालले ओलीले पार्टी भित्र गुटबन्दी गर्दै पार्टीलाई नै विभाजन गर्ने दुष्प्रयास गरिरहेको बताए ।