Birat Post सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ चैत ।

सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाले संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, सिरहा र उदयपुरका ३० जना महिला सहित ४२ जनाको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षाथीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङकलन गराइएको थियो । एक देखि दुई वर्षसम्म विभिन्न सञ्चार गृहमा कार्य गरिरहेका प्रशिक्षार्थीहरुलाई महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिएका थिए ।महासङ्घका प्रदेश नं १ का सभापति बिक्रम लुईटेलले प्रमाणपत्र वितरण गर्दै समाज, भुगोल , जातजाति लगाएतका क्षेत्रमा राम्रो अध्ययन गरी कार्य गरेमा अगाडि वढ्न सकिने बताए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले मिडिया क्षेत्रमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताउदै समाजमा रहेको कुरिति नियन्त्रणका लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघ मोरङ सभापति बन्धु पोखरेल, महाप्रसाद खतिवडा र महासघ काठमाडौं बाट आएकी सङ्घर्ष पन्त ,प्रेस युनियन मोरङका भूतपूर्व अध्यक्ष कुमार लुइटेल,विराटनगर महानगरका मेयर भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल