विराटनगर २९ फाल्गुन ।
विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुतीका लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा केही महिना अगाडीबाटै शुरु भएको बताइएको छ । यो सेवा विराटनगर महानगरका १९ वटै वडाका गर्भवती महिलाहरुले प्रसुती सेवाका लागि निशुल्क पाउने छन् ।
जसका लागि महानगरले २४ सै घण्टा सेवा दिने बताएको छ । गर्भवती महिलाहरुले कुनै खालको समस्या भोग्नु नपरोस् र सहजरुपमा अस्पताल पुगुन् भन्ने उदेश्यका साथ यो सेवा ल्याइएको मेयर भीम पराजुलीले जानकारी दिए । महानगरले यो सेवा निशुल्क लिन- ९८२७३४७३९३ ,मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।