Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

-सुरेन्द्र भण्डारी

बिर्तामोड,२८ फाल्गुन ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार दमकका पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहिबार महासंघमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए ।

छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् । केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागिकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छिन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बीच वितरण गरिने बताइएको छ ।

कार्यक्रम नेपाल पत्रका महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ । पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतिराम भट्टको स्मृतिमा मोति पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल