Birat Post बुधबार, फाल्गुण २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ फाल्गुन ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिहरुले बिर्सन नहुने बताएका छन् । उनले ‘स्वच्छ र समुत्रत ’ प्रदेश बनाउन विकासमा सीपालु जनप्रतिनिधिहरुले दिगो विकासमा केन्द्रित भएर काम गर्नु पर्ने सुझाव दिँदै विकास गर्दा स्वास्थ्य र वातावरणको ख्याल गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

प्रादेशिक लक्ष्यमा सांसदहरुले विशेष ध्यान दिनु पर्ने भन्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको वस्तुगत आवश्यकतामा जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिए । प्रदेश प्रमुख अधिकारीले कोभिड- १९ संक्रमण नियन्त्रणका लागि आएको खोप सवै जनतामा लान र यसवारे छरिएका भ्रम निरुपण गर्न आग्रह गरे ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा विराटनगरमा आयोजित “कोभिड–१९को स्वास्थ्यमा प्रभाव र सरकारको भूमिका भ्याक्सिन योजना” सम्बन्धी कार्यक्रममा बोल्दै प्रदेश प्रमुखले  यस्तो बताएका हुन् । यस्तै कार्यक्रममा बोल्दै खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले सरकारको खोप योजनाका विषयमा र डा. प्रभात अधिकारीले कोभिड–१९ का बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा र सांसद लक्ष्मी परियारले आमनागरिकलाई कोभिड–१९को भयबाट छुटकरा दिलाउन सरकारले खोप अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा प्रदेश सभा सचिवालयका कर्मचारी, प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुको सहभागिता थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल