विराटनगर २४ फाल्गुन ।
विराटनगर- ३ का महिलाहरुलाई दुइ महिने सिपमुलक टेलरिङ्ग तालिम सञ्चालन गरिएको छ । तालिममा ४० जना महिलाहरुले सहभागिता जनाएका छन् । उनीहरुलाई सिलाइ,कटाइ सम्बन्धि तालिम दिइने बताइएको छ । तालिमको आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शुभारम्भ गरेका छन् ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय,ग्रामिण उद्यम तथा विप्रेषण आयोजना, मल्टि स्किल एण्ड इन्भारमेन्ट डेभलपमेन्ट प्रालि र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा तालिम सञ्चालनमा आएको हो । तालिममा सहभागीलाई संवोधन गर्दै मेयर पराजुलीले दुइमहिनाको तालिमले महिलाहरुमा सीप अभिवृद्धि हुने बताए ।
तालिमलाई अवसरकारुपमा लिएर काम गर्न पनि पराजुलीले आग्रह गरे ।कार्यक्रममा स्थानिय समाजसेवी भगवती दाहाल,बबिता दाहाल,मल्टि स्किलका प्रतिनिधि विकास खनाल, टेलरिङ्ग प्रशिक्षक शारदा खनाल,रिता थापा लगायतको सहभागिता रहेको थियो ।