एजेन्सीको सहयोगमा, १७ फाल्गुन ।
म्यानमारमा सैन्य शासनको विरोधमा अहिले पनि प्रदर्शन जारी छ । यही प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको खबरहरु सञ्चारमाध्यमहरुमा आएका छन् । अन्य छिटपुट दमनका घटनाहरु समेत सार्वजनिक भइरहेको छ ।
आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शनहरु चर्किएका थिए । प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले अधितम प्रयास गरिरहेको छ । रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको छ ।
फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा प्रदर्शन भइरहेका छन्।यद्यपी त्यहाँको सैन्य बल अत्यन्त मजबुत भएका कारण प्रदर्शनहरुले बृहतरुप लिन सकेको छैन ।