काठमाडौँ १७ फाल्गुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्। सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले फाल्गुन २३ गते दिनको ४ बजे संसद अधिवेशन आह्वान गरेकी छन् । गएको फागुन ११ गते सर्वोच्चले संसद पुनस्र्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।