Birat Post आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ फाल्गुन ।
जैन धर्मका गुरु नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज विराटनगर आइपुगेका छन् । भारतको गुवाटीबाट पैदल यात्रा गर्दै महाराज आइतबार विराटनगर आइपुगेका हुन् । गुवाटीबाट मणिभद्र मुनिजी महाराजको साथमा विराग मुनिजी महाराज पनि आएका छन् । गुरूले यो पद यात्रालाई ‘सर्वोदय शान्ति पद यात्रा’को नाम दिइएको जनाएका छन् । शान्तिको कामना गर्दै पैदल यात्रा गरेर विराटनगरसम्म आइपुगेको दुबै गुरु विराटनगर स्थित जैन भवनमा विश्राम केहि दिन विश्राम गर्नेछन् ।

गुरू नेपाल केसरी डा मणिभद्र मुनिजी महाराजले असन्तोष नै दुःख र अशान्तिको मुख्य कारण भएको बताए । साधुहरूको पद यात्राले समाजमा शान्ति फैलिने उनको धारणा छ । गुरूहरू भारतको गुवाहाटीबाट शिलङ,वगाइगाउ,कोकराझार, सिलगुडी हुँदै नेपाल प्रवेश गरेका हुन् । नेपाल प्रवेश गरेपछि पूर्वपश्चिम राजमार्ग हुँदै विराटनगर आइपुगेको दुबै गुरू केहिदिन विराटनगरमा विश्राम लिनेछन् । त्यसपछि राजविराज, जनकपुर,काठमाण्डौं हुँदै पोखरासम्मको पद यात्रा गर्ने योजना रहेको गुरू मणिभद्र मुनिजी महाराजले बताए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल