दमक ९ फाल्गुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनले देशलाई स्थिरताको बाटोमा लैजाने बताएका छन् । उनले बिद्यमान संकट समाधानको मुख्य माध्यम निर्वाचन मात्र भएको बताए । मिडिया नेपालद्वारा आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ताजा जनादेशका लागि सवै राजनीतिक दलहरु तयार हुनुपर्ने बताए । जनताले नेकपालाई सरकार चलाउन दुई तिहाइको जिम्मेवारी दिए पनि त्यो पुरा गर्न नसकेको बताए । संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला आफ्नो पार्टीलाई स्वीकार्य हुने बताउदै थापाले ताजा जनादेशमा गएर बिद्यमान राजनैतिक संकट समाधान गर्नुपर्ने बताए ।