काठमान्डौं ८ फाल्गुन ।
वैद्धिक सनातन धर्मसहितको राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल नागरिक अभियानको उपत्यकाबासी नेपाली जनताको आयोजनामा शनिबार भएको प्रदर्शनमा हिन्दू राज्यसँगै राजसंस्था पुनर्स्थापना हुनु पर्ने माग उठेको छ । उनीहरुले देशमा शान्ति स्थापनका लागि भन्दै सडकमै विशेष हवन समेत गरेका छन् । माइतीघर मण्डालमा भएको कार्यक्रममा हिन्दू राज्य र राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए । उपत्यकाबासी अव हिन्दुत्वको पक्षमा छन् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हिन्दु अभियन्ता राजेन्द्र महर्जनले जानकारी दिए ।