मोरङ ६ फाल्गुन ।
मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
एम्बुलेन्सको ठक्करबाट ग्रामथान–२ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १ –०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा अनियन्त्रित भई एम्बुलेन्सले पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक, ट्रक चालक नबिन खवास, एम्बुलेन्स र एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।