काठमाडौँ ६ फाल्गुन ।
बिहिबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ५ सय ४१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
यस्तै १११ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । थप ३ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २०५८ पुगेको छ ।
हाल १ हजार ६ सय ३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।