दुहबी ६ फाल्गुन ।
सुनसरीको दुहबी नगरपालिकामा सुविधासम्पन्न नगर अस्पताल बन्ने भएको छ । वडा नम्बर ७ मा १५ शैयाको नगर अस्पताल बनाउन दुहबी नगरपालिकाले आबश्यक सवै प्रक्रिया पुरा गरिसकेको छ । बिहिबार दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले अस्पताल बन्ने जग्गाको माटो परिक्षणमा समेत सहभागी भएका छन् ।
लामो समय देखी दुहबीमा अस्पताल बनाउने कुरा उठिरहेपनि सम्भव भएको थिएन । ३ बिगाह ५ कठ्ठा क्षेत्रफल भएको स्थानमा अस्पताल निर्माण हुने भएको छ । कुल १८ करोडमा उक्त अस्पताल बनाइने भएको छ । दुहबीमा सुबिधा सम्पन्न अस्पताल नहुदा स्थानियहरु बिराटनगर र धरान जानु पर्ने बाध्यता छ । यो अस्पताल बनेर सुचारु भए संगै स्थानीय बासिन्दा लाभान्वित हुने बिस्वास मेयर गच्छदारले लिएका छन् ।