इलाम ४ फाल्गुन ।
इलाममा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमा अटो दुर्घटना हुदा अटो चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम–९ का २२ वर्षीय अबिकल सुन्दास रहेका छन् । मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका सुन्दासलाई उपचारका लागि विराटनगर तर्फ लैजादै गर्दाे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।