Birat Post सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ फाल्गुन ।
प्रहरी परिवारका लागि ६ महिने सीपमुलक  सिलाइ कटाइ तालिम  शुरु भएको छ ।

सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रम आयोजना गर्दै बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर\अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर र चन्द्रगढीमा सञ्चालन हुने “सिपमुलक सिलाइ कटाइ तालिम”को संयुक्त शुभारम्भ गरेको हो ।

क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा सञ्चालन हुने  ६ महिना अवधीको सिलाइ कटाइ तालिमको समुद्घाटन गर्दै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय–आर्जन बढ्ने र आश्रित परिवार तथा सन्ततिहरुको वृत्ति विकासमा टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु सञ्चालन गरिएको बताइन् ।

यसअघि उक्त सिलाइ कटाइ तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढङ्गबाट सहभागी गराउने उद्देश्य अनुरुप यस तालिमलाई विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट समेत सञ्चालन गरिएको छ । दुवै स्थानमा आजैबाट सञ्चालन हुने तालिममा २१ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन् ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल