काठमान्डौं २ फाल्गुन ।
नेपाली कांग्रेसले निर्वाचनका बेला मनोमानी ढंगले गरिरहेका नियुक्तिहरुको विरोध गरेको छ । आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेसले निर्वाचनका बेला मनोमानी नियुक्त गर्दा निर्वाचन प्रभावित हुने भन्दै नियुक्तिको विरोध गरेको हो। कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले नियुक्ति, सरुवा र बढुवालाई जथाभावी नगर्न र दलिय मर्यादामा रहन सुझाव दिएको जानकारी दिए ।